तिलोत्तमाको नवज्योतिमा तेक्वान्दो बेल्ट टेस्ट


appharu

२८ जेष्ठ २०७९, शनिबार १५:०६ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । तिलोत्तमा ८ नवज्योति बोर्डिङ स्कुलमा अन्तर्राष्ट्रिय तेक्वान्दो संघ रुपन्देही द्वारा तेक्वान्दो खेलाडीहरूको बेल्ट टेस्ट (पेटी परीक्षा)
सम्पन्न भएको छ । उक्त कार्यक्रम तेक्वान्दो संघ रुपन्देहीमा आबद्ध विद्यालयहरुको सहभागितामा भएको थियो । जसमा नव ज्योति बोडिङ स्कुल चार नम्बर, शान्ती मावि मणिग्राम, नविन औद्योगिक कदर बहादुर रिता उच्च मा बि देबिनगरका ७५ जना खेलाडीहरु सहभागी भएका थिए । कार्यक्रममा नवज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल टोप बहादुर केसी, ईडीआई ग्लोबल एजुकेसनका कमल ज्ञवाली, केशव कुँवर, राजन रसाइली, बिन्दु चौधरीले बोल्दै यस्ता कार्यक्रमहरुबाट सहभागी खेलाडीहरूको खेलमा लगाब, उत्साह र आत्मबल वृद्धिमा समेत थप टेवा पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्