शैक्षिक मुद्दा संगै जनताको दैनिकी संग जोडिएका समस्या समाधानका लागि आन्दोलित हुन अनेरास्ववियुको अपिल


appharu

२८ जेष्ठ २०७९, शनिबार २०:२२ मा प्रकाशित

पालिकापत्र,बुटवल । अनेरास्ववियु रुपन्देहीले शैक्षिक क्षेत्रमा देखिएका समस्याको साथसाथै आम जनतासंग जोडिएका समस्या सामाधानका लागि आफ्ना नेता कार्यकर्तालाई आन्दोलित हुन अपिल गरेको छ । जेठ २८ गते शनिबार देवदह आदर्श क्याम्पसमा बसेको चौथो नियमित बैठकले शैक्षिक क्षेत्रमा देखिएका समस्या संङै आम जनताको जीवन यापनमा देखिएका समस्या समाधानका लागि सशक्त आन्दोलन गर्ने तयारी गरेको हो । अनेरास्ववियुले जनताको जिवनमा प्रत्यक्ष जिवनमा प्रभाव पार्ने दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिलाई नघटाए सम्म सशक्त आन्दोलन गर्ने समेत तयारी गरेको छ । अनेरास्ववियुले जनतासङ प्रत्यक्ष जोडिएको जिवनयापन र शैक्षिक क्षेत्रका समस्या समाधान गर्न सबै तहका कमिटी सक्रिय बनाउने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलले बताए । अनेरास्ववियुको नियमित बैठकलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष यम पान्डेले संगठनका हरेक कमिटीले हरेक महिना एउटा कार्यक्रम अनिवार्य गर्न निर्देशन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका पान्डेले देशकै नमुना कमिटी बनेर देखाउन रुपन्देही जिल्ला कमिटीलाई आग्रह गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले अनेरास्ववियुप्रती आम जनताले पुर्ण बिस्वास रहेकोले जनताको चाहना अनुरुप आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । वहाले जनताको जिवनमा प्रत्यक्ष प्रभाव पार्ने समस्या समाधान गर्न अनेरास्ववियु मात्र सक्षम भएको समेत बताउनुभएको थियो । बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पान्डेले अनेरास्ववियुका नेता कार्यकर्तालाई परम्परागत ढंगले नभएर आधुनिक र समयको माग अनुसार चल्न निर्देशन गर्नुभएको थियो । जिल्ला कमिटीका पुर्व अध्यक्ष समेत रहनुभएका पान्डेले अनेरास्ववियुको अगुवाईमा प्राप्त भएका उपलब्धिहरुको रक्षाका लागि गम्भीर हुनुपर्ने अवस्था आएको बताउदै अनुशासनपुर्बक समाजले स्वीकार गर्न सक्ने काम गर्न सबैलाई अपिल गर्नुभएको थियो । बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य रबि सेन्चुरी, केन्द्रीय कमिटी सदस्यहरु साजन भन्डारी, कृष्ण पौडेल, सन्दिप गुप्ता, सीमा घिमिरे, सरोज ठकुरी, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल लगाएतले बोल्नुभएको जिल्ला कमिटी सचिव प्रकाश पराजुलीले बताउनुभएको थियो । बैठकले अनेरास्ववियुका नेता रबि सेन्चुरी तिलोत्तमा नगर कार्यपालिका सदस्यमा निर्वाचन हुनुभएकोमा सम्मान गरेको थियो भने पार्टीको पक्षमा जनमत सिर्जना गर्न टिकटक र सामाजिक सन्जालमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै देवदहका स्वस्तिका खड्का र कबिता न्यौपानेलाई समेत सम्मान गरेको प्रचार बिभाग उपप्रमुख सुरज भट्टराईले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्