जिसस रुपन्देहीमा कांग्रेस नेतृत्वको गठबन्धन विजयी


appharu

४ असार २०७९, शनिबार १३:१२ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएको छ । कांग्रेसले माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग गठबन्धन गरेको थियो । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चापागाई २० मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर विजयी हुंदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकि बिष्णुमाया सुवेदी जयसवाल दलित/अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान,ऋषिराम बस्याल,लोसपाका मुकेश कुमार पाण्डे,नेकपा माओवादी केन्द्रकी मन्जु परियार र लोसपाकी बुधनी चमार विजयी भएको निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्