मिर्गौला रोगबाट पीडितलाई सहयोग प्रदान


appharu

५ असार २०७९, आईतवार ०८:४६ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुहुंग बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्क समाजले मृगौला पिडीतको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।

विगत लामोसमयदेखि दुवै मृगौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्यामा परेका बुटवल–११, प्रगतिनगर निवासी पदम रसालीलाई शनिबार एक कार्यक्रमकावीच आर्थिक सहयोग रु ७५ हजार १ सय २५ रुपैया हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद शर्माले यस्तै समस्या तथा दुखमा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै सामाजिक सेवा अग्रसर हुने उदेश्यका साथ यस संस्थाको स्थापना गरिएको बताउदै आगामी दिनमा पनि यस्तै समाजसेवामा अग्रसर भइरहने बताए । साथै मृगौला पीडित रसालीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै अन्य सहयोगीदाताहरुलाई पनि सहयोग गर्नको लागि आग्रह गरे ।

रसालीलाई उक्त सहयोग देश तथा विदेशबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको आर्थिक सहयोग समितिका संयोजक गोपाल गैरेले बताए । साथै आर्थिक अवस्था नाजुक भएका कारण छोराछोरी बढाउन समेत अप्ठेरो परेपछि उनको छोराछोरीको शिक्षाका लागि सहयोगी भुमिका खेल्ने संस्थाका कोषाध्यक्ष अशोक रिसालले प्रतिवद्धता जनाए ।

कार्यक्रम संस्थाका अध्यक्ष शर्माको अध्यक्षता र शालिकराम पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्