एन्फा अध्यक्षमा नेम्बाङ, बुटवलका कुमार केसी उपाध्यक्षमा निर्वाचित


appharu

६ असार २०७९, सोमबार २२:३७ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्का निर्वाचित भएका छन् । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी शिक्षित पराजुलीले ४० मत पाए ।

उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र बुटवलका दीर्घ बहादुर केसी कुमार निर्वाचित भएका छन् ।
महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् । सरिला पंकज प्यानलबाट तथा पेमा कर्मा प्यानलबाट निर्वाचित भएकी हुन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् ।

कर्मा प्यानलबाट उमेदवार रहेकी विना श्रेठले ४० तथा पंकज प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन् ।दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए ।

निर्वाचित चार मध्ये तीन जना नेम्वाङ प्यानलका तथा कुमार कर्मा प्यानलका हुन् । दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले पंकज प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए । उपेन्द्र मान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्