हात्तीसुड टोल विकास संस्थाका कागजपत्र बुटवल उपमहानगरको नियन्त्रणमा,भ्रष्टाचार छानवीनको मागसहित चैतमा लागेको थियो ताला


appharu

७ असार २०७९, मंगलवार १८:३३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल–११ स्थित हात्तीसुड टोल विकास संस्थाको कागजपत्र छानवीनका लागि बुटवल उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । घडेरी दिने नाममा टोलवासीसंग गैरकानूनी हिसाबले रकम असलेको र संस्थाको आम्दानी खर्च पारदर्शी नगरी हिनामिना गरेको भन्दै स्थानीय बासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीसहितका स्थानीयले चैत २२ गते तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको तीन महिनासम्म पनि संस्थाको नेतृत्वले छानबिन नगरेपछि बुटवल उपमहानगरपालिकाले मंगलबार ताला खोलेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख रामप्रसाद अर्याल,कानून अधिकृतको टोलीले टोल विकास संस्थाका अध्यक्ष, विभिन्न राजनीतिक दल, प्रहरी लगायतको रोहबरमा संस्थाको खातापाता लगायत कागजपत्र छानवीनका लागि उठाएर लगेको हो । उक्त संस्थाविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।
विवाद समाधान नभए वर्तमान समिति विघटन गरी नयां नेतृत्व चयन गरेर अघि बढ्न्ुपर्ने अवस्था आउने उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख रामप्रसाद अर्यालले बताए ।
टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने, आफू र आफन्तको नाममा दुई भन्दा बढी घडेरी लिएर कमाई खाने भांडो बनाएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्