७३ दिनपछि अमृताको अत्येष्टी


appharu

१० असार २०७९, शुक्रबार १८:२६ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देही तिलोत्तमा नगरपालिकाकी अमृता टण्डनको ७३ दिनपछि आज अत्येष्टि गरिएको छ। रहस्मय रुपमा मृत्यू भएकी अमृताको न्यायको माग गर्दै माईती पक्षले शव बुझेका थिएनन । तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको माइती पक्षले मगरघाटमा दाहसंस्कार गरेका हुन । अमृताले विष सेवन गरि हत्या गरेको माईती पक्षको दावी अनुसार प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने सहमती गरेपछि दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खत्रीले बताउनुभयो ।
बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उहाँले बताउनु्भयो । घर पक्षले अमृताको नाममा कुनै काम गर्ने गरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ । गएको चैत ३० गते राति अमृताको रहस्मय मृत्यू भएपछि माइतीपक्ष आन्दोलनमा उत्रिएका थिए । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएको भन्दै माईती पक्षले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शव राखेका थिए । अमृताको मृत्यूपछि श्रीमान प्रेम टण्डन हिरासतमा छन । अमृताको ८ बर्षिय छोराले दागबत्ती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्