प्रगतिशील पत्रकार संघको संयोजकमा पोखरेल


appharu

१२ असार २०७९, आईतवार १३:२३ मा प्रकाशित

पालिकापत्र, बुटवल । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल चयन हुनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल नेकपा मसाल र राष्ट्रिय जनमोर्चा निकटको संगठन हो ।

२०७९ असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रिय संयोजकमा पोखरेल र सचिवमा प्रकाश थापालाई चयन गरेको हो ।

प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिका गोपाल भट्टराई, जितेन्द्र खत्री, हरि न्यौपाने, मोहन वेलवासे र विशाल कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको छ ।

प्रगतिशील पत्रकार संघ नेपालको छिट्टै भौतिक रुपमा बैठक बसेर सम्मेलनको तिथि मिति तोक्ने र अन्य निर्णय गरिने संयोजक पोखरेलले बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालको देशका ५४ जिल्लामा संगठन छ ।

प्रतिक्रिया दिनुहोस्