होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको स्थापना दिवसमा रक्तदान,पर्यटकीय स्थलको सरसफाई र क्यान्सर पीडितलाई सहयोग गरी तीनसम्म मनाइंदै


appharu

१३ असार २०७९, सोमबार १७:३० मा प्रकाशित

पालिकापत्र, बुटवल । विगत २ वर्ष देखि कोभिड महामारीका कारण स्थापना दिवश मनाउन नपाएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यस वर्ष आफनो २४ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरी ३ दिन मनाउने भएको छ । संघले मानविय सेवा सहित पर्यटकीय स्थलहरुको सरसफाई संस्थाको संस्थापकहरुलाई सम्मान र क्यान्सरपीडित व्यवसायीलाई राहात रकम प्रदान गरी स्थापना दिवस मनाउन लागेको छ ।
संघले यस वर्ष पहिलो दिन रगतको अभाववाट कोही कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै मंगलवार ऐतिहासिक तथा पर्यटकीय स्थल रामापिथेकश पार्कमा सरसफाई गर्ने र बुधवार क्यान्सरपीडित व्यवसायी दूर्गा खनाललाई स्वास्थ्य उपचारका लागि राहत पुगोस् भनेर राहात रकम उपलब्ध गराउने र सोही दिन संस्थाको स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।
स्थापना दिवशको उपलक्ष्यमा आयोजना गरिने ३ दिवशीय कार्यक्रमलाई भव्य रुपमा मनाउनका लागि विभिन्न संयोजकहरु तय गरिएको छ । समितिका संयोजकहरुले कार्यक्रमको तयारी व्यापक रुपमा गरेको बताउनु भएको छ । रक्तदान संयोजक थम्मन भण्डारी, रामापिथेकश पार्क सरसफाई संयोजक माधव ढकाल र क्यान्सरपीडित व्यवसायीलाई राहात प्रदान संयोजक कृष्ण प्रसाद पाण्डे रहेका छन् ।
सोमवार आयोजना गरिएको रक्तदानमा ८२जनाले रक्तदान गरेको संयोजक थम्मन भण्डारीले बताउनु भयो । संस्थाले व्यवसायीहरुको हकहितका खातिर २०५६ सालमा संस्था स्थापना गर्न गर्नु भएको योगदानको कदर र सम्मान्न गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गदै संस्थापकहरुलाई सम्मान गर्ने निर्णय गरिएको महासचिव माधवकुमार खनालले बताउनु भयो । व्यवसायीलाई परेको पीडामा मल्हम लगाउन भन्दै क्यान्सरपीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरिएको संस्थाका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्