प्याब्सन लुम्बिनीको दोस्रो वैठकद्वारा विभिन्न निर्णय


appharu

१७ असार २०७९, शुक्रबार १८:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रोे पूर्ण वैठक नवलरासीको परासीमा सम्पन्न भएको छ । वैठकले प्याब्सन प्रदेश कार्यालय भवन निर्माण गर्ने,राहत कोष स्थापना गर्ने,तीनजना सल्लाहकार र प्रदेश कमिटी सदस्य चयन लगायतका निर्णयहरु गरेको छ । सल्लाहकारहरुमा पाल्पाका खेम सारु,कपिलवस्तुका सर्वेन्द्र खनाल र दाङका महेन्द्र अधिकारी मनोनयन भएका छन् । यस्तै प्रदेश कमिटी सदस्यमा कृष्णप्रसाद शर्मालाई मनोनित गरिएको छ । वैठकमा प्याब्सन केन्द्रीय पदाधिकारी र सदस्यमा निर्वाचितलाई सम्मान समेत गरेको छ । केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी,सचिव सुवर्ण न्यौपाने,सहकोषाध्यक्ष यमबहादुर थापा र केन्द्रीय सदस्यहरु लेखनाथ पौडेल,सन्तोष अधिकारी,शिवप्रसाद गैरे,टिकाराम न्यौपाने र खेमेन्द्र रानालाई सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश कमिटीमा यसअघि नै मनोनित बांकेकी लक्ष्मी सुवेदी र रुपन्देहीका डीबी थापालाई सपथ ग्रहण गराइएको छ । वैठकमा बोल्दै प्रमुख अतिथि प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले सरकारले संस्थागत विद्यालय र त्यहां पढ्ने विद्यार्थीहरुलाई भेदभाव र सौतेलो ब्यवहार गरेको भन्दैसमान व्यवहारका लागि सशक्त आवाज उठाउन आवश्यक रहेको बताए । प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेयको अध्यक्षतामा भएको वैठकलाई सचिव धनराज चापागाईले सञ्चालन गरेका थिए । बैठकमा प्रदेश प्रमुख सल्लाहकार राम प्रसाद पाण्डे , प्रदेश वरिष्ठ सल्लाहकार कृष्ण खनाल , प्याब्सन निबर्तमान केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्यको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्