बाबुराम ढकाल
बुटवलका पत्रकार सुमन अधिकारीले आज (सोमबार) विहान लेखेको एउटा स्टाटसले ध्यान तान्यो । उहांले लेख्नुभएको छ:
बुटवलमा एउटै कार्यक्रममा ३ वटा ब्यानर राखेर ३ ठाऊमा सहि गराएर ३ वटा भत्ता बाडेर प्रदेश सरकारका मन्त्रालयको समिक्षा भयो ।
त्यसपछि मैले त्यसबारेमा यस्सो सोधखोज गर्दा गज्जबको कुरो थाहा पाइयो । त्यस्तो धन्दा गर्नेहरु सबैभन्दा बढी पहुंचवाला पत्रकार र पत्रकारसंग सम्वन्धित संस्थाहरु रहेछन् । संचारिका समुह, रिपोर्टस क्लव लगायतका पत्रकारितासंग सम्वन्धित संस्थाका व्यानरहरु सहआयोजकको रुपमा राखेर समिक्षा गोष्ठी गर्ने र एउटै कार्यक्रममा अलग अलग व्यानर राखेर ३ वटा, ४ वटा कार्यक्रम गरेको भन्ने रिपोर्ट तयार गरिदों रहेछ । अनि सहभागिहरुलाई त्यही अनुसारले हस्ताक्षर गर्न लगाएर त्यही अनुसार भत्ता बाँडिदो रहेछ ।
र, यस्तो धन्दा अहिले सबैभन्दा बढी कृषि मन्त्रालयमा फस्टाएको रहेछ । गज्जब कुरा चांही ‘व्यवसायिक पत्रकारका अगुवा’ले नै ‘यसो गर्न सकिन्छ मन्त्रीज्यू’ भन्दै प्रदेशका कृषि मन्त्री सुमन रायमाझीलाई ‘हिसाब मिलाउने टेक्निक’ सिकाएका रहेछन् ।
अनि त मन्त्रीज्यूलाई के चाहियो ? कृषिको विकासको ‘मोडल’ त तयार हुने नै भयो ।
पत्रकारका संस्था नै आयोजक बस्ने, पत्रकारले पनि ‘हात चाट्न’ पाउने भएपछि आए जयजयकारको समाचार आउंछ, जयजयकार नभए पनि विरोधमा समाचार आउने कुरै भएन ।
हेर्नुस् त क्या क्याइदा । क्या गज्जबको हिसाब मिलान। क्या गज्जबको विकासको काइदा । क्या गज्जबको पत्रकारिता ।
उहिले बुटवललाई व्यवसायिक पत्रकारिताको आधार क्षेत्र मानिन्थ्यो । पत्रकारिता कस्तो हुनुपर्छ, थाहा पाउन बुटवल जानु पर्छ भनिन्थ्यो र बीरगन्जको ‘पत्रकारिता’को बारेमा अनेक किस्सा सुनिन्थ्यो ।
अचेल बीरगन्जको पत्रकारिता कस्तो छ कुन्नी रु बुटवलको पत्रकारिता चांही गज्जबकै हुन थालेछ ।
राम राम असारे विकास ।। राम राम व्यवसायिक पत्रकारिता । राम राम ।।
(लेखक काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका बुटवलका पत्रकार हुन् )