रुपन्देही जिल्ला खेलकुद परिषद अध्यक्षमा हरि क्षेत्री


appharu

२० असार २०७९, सोमबार १८:१७ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भुपेन्द्र बहादुर (हरि ) क्षेत्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आइतबार बसेको बैठकले प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम १ अनुसार क्षेत्रीलाई अध्यक्षमा नियुक्त गरेको हो । यस्तै उपाध्यक्षमा जयबहादुर सुनार,कोषाध्यक्षमा परागदास गोर्खाली,सदस्यहरुमा पशुपति उपाध्याय, रामबहादुर थापा,अर्जुन क्षेत्री,रमेश थापा,राधिका चौधरी र रिता पाण्डे खत्री चयन भएका प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्