लायन्स बुटवल देवीनगरद्वारा बृक्षारोपण


appharu

१ श्रावण २०७९, आईतवार ११:०४ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल देवीनगरले बुटवलको बेसक्याम्पस्थित जनता माविमा बृक्षारोपण गरेको छ । वातावरण संरक्षणका लागि क्लबले विद्यालय प्रागणमा आंप,लिची, धुपी लगायतका बिरुवाहरु रोपेको हो । रोपिएका विरुवाको संरक्षणका लागि क्लबले तारजाली सहितको लाइफगार्ड समेत राखेको छ । बृक्षारोपण कार्यक्रममा लायन्स इन्टरनेसल डिस्ट्रिक्ट ३२५ पीका एरिया चिफ माधव खनाल,जोन चेयर पर्सन यदुमणि पोखरेल,लायन्स क्लब अफ बुटवल देवीनगरकी चार्टर प्रेसिडेन्ट मिना कार्की,विद्यालयकी प्रधानाध्यापक आशा बस्नेत लगायतले मन्तव्य व्यक्त गर्दै क्लबले गरेको बृक्षारोपणले विद्यार्थी र शिक्षकहरु लाभान्वित हुने बताए । लायन्स क्लब अफ बुटवल देवीनगरकी अध्यक्ष शोभा रानाले लायन्स इन्टरनेसनलको गाइडलाइन अनुसार वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यले विद्यालयमा बृक्षारोपण गरिएको बताइन् । उनले क्लबले २ वर्षमै फल्ने आंप रोपेकाले यसले विद्यार्थीहरुलाई पनि फलफुल रोप्न र बृक्षारोपण गर्न प्रेरित गर्ने बताइन् । आफ्नो कार्यकालमा कार्यसमितिमा छलफल गरेर सक्दो धेरै सामाजिक सेवाका काम गर्ने अध्यक्ष रानाले बताइन् । क्लबकी अध्यक्ष शोभा रानाको अध्यक्षता, सचिव आरती बरालको सञ्चालनमा भएको कार्यक्रमको संयोजक सविता विकले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्