होराइजन जी.बी.एस.ले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र, लुम्बिनीमै पहिलो


appharu

६ श्रावण २०७९, शुक्रबार १०:५७ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपािलका ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध मा.वि.ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । बेलायतको युनाइटेड एक्रेडिटेरिङ्ग तथा एल. एम. एस. सर्टिफिकेसन कोरियन एक्रेडिसन बोर्डबाट शैक्षिक गुणस्तर र व्यवस्थापकीय गुणस्तरका विभिन्न सूचकहरु अन्तर्राष्ट्रिय अनुगमनमा पुरा गरेपछि संस्थाले प्रमाणपत्र प्रमाप्त गरेको हो ।

संस्थाका कार्यक्रम संयोजक डा. नारायणप्रसाद पन्थले एक वर्षअघि संस्थाले प्रमाणपत्रका लागि प्रकृया शुरु गरेको र आवश्यक मापदण्डहरु पूरा भएपछि हालै प्रमाणपत्र प्राप्त गरिएको स्पष्ट पारे ।

डा. पन्थका अनुसार यो प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था मध्ये होराइजन जीबीएस लुम्बिनी प्रदेशमै पहिलो हो । उक्त प्रमाणपत्र प्राप्तिसंगै संस्थाले सोको घोषणा र तिलोत्तमा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

होराइजन गौतम बुद्ध मा.वि.सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षता र संस्थाका कार्यक्रम संयोजक डा.नारायणप्रसाद पन्थको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उपमेयर जागेश्वरी देवी चौधरी, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष, लोकनाथ ज्ञवाली, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा वडा अध्यक्ष फर्सुराम गिरी,राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, क्याम्पस प्रमुख, बुटवल बहुमुखी क्याम्पस डा. खिमानन्द न्यौपाने
डिलाइट नेपाल काठमाडौका सञ्चालक प्रज्ज्वल भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा होराइजन गौतम बुद्ध मा.वि.का प्राचार्य गोपालप्रसाद आचार्यले स्वागत गर्दै संस्थाले राजधानी बाहिर गुणस्तरीय शिक्षा दिने संस्थाका रूपमा राष्ट्रियस्तरमै नाम कमाएको उल्लेख गरे ।

उनले शुभकामना मन्तव्य दिंदै संस्थाभित्र सञ्चालित शिक्षण सिकाइ कार्यकलाप सहपाठ्य कार्यकलाप, पाठ्यान्तर कार्यकलाप, स्थानीय पाठ्यक्रमको प्रयोग, कोभिडको समयमा सञ्चालन गरेको प्रभावकारी अनलाइन शिक्षण सिकाइ, भौतिक पूर्वाधार तथा विद्यार्थी मैत्री शिक्षालाई आधार बनाएको हुँदा यो प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो । नगर प्रमुख र उपप्रमुख लगायतले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्तिले नगरकै गौरव बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्