लायन्स मणिमुकुन्द युथको आयोजनामा प्रि जोन वैठक


appharu

१२ श्रावण २०७९, बिहीबार १७:३८ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा जोन २१ को प्रि जोन वैठक सम्पन्न भएको छ । सो जोन बैठकको अध्यक्षता जोन चियरपर्सन लायन यदुमणि पोखरेलले गरेका थिए भने सो बैठकमा प्रमुख अतिथि रिजन चियरपर्सन लायन गुणाखर भण्डारी रहेका थिए ।

उक्त बैठकमा अवको लायन्स वर्षको योजना तथा कार्यक्रमको जानकारी जोन चियरपर्सन यदुमणि पोखरेलले गरेका थिए ।

सो क्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष लायन दिपक गौतमले जोनवाट सामुहिक रुपमा समाज परिवर्तनको लागि खेल्नुपर्ने भुमिका, सहयोग, जनचेतना तथा अन्य सामाजिक कार्य गरी उत्कृष्ट जोन बनाउन आफ्नो क्लव सदैव तयार रहेकोले डिस्ट्रीकमा पनि बेग्लै कार्य गरी उत्कृष्ट जोन वनाउन कुनै एक वा दुई महत्वपुर्ण कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

उनको प्रस्ताव अन्य क्लवले पनि समर्थन गर्दै सामुहिक एक वा दुई कार्यक्रम गर्नुपर्नेमा अन्य क्लव अध्यक्षले पनि समर्थन जनाएका लायन्स क्लव अफ सैनामैना वोलवमका अध्यक्षले वताए । सो जोनमा लायन्स क्लव अफ वुटवल मणिमुकुन्द युथ, लायन्स क्लव अफ सैनामैना वोलवम, लायन्स क्लव अफ वुटवल देविनगर र लायन्स क्लव अफ सैनामैना सालझण्डि रहेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि रिजन चियरपर्सन गुनाखर भण्डारीले वार्षिक कार्यक्रम तथा योजना सम्पन्न गर्नको लागि पालना गर्नुपर्ने नियम र प्रकृयाका वारेमा विस्तृत जानकारी गराएका थिए । सो कार्यक्रम आयोजक क्लवका सचिव टिकाराम पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्