लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपन्देहीबाट ओमप्रकाश, भीम र प्रेम


पालिका पत्र

१५ श्रावण २०७९, आईतवार १७:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गत नेपाल लोकतान्त्रिक तमु संघको शनिवार पोखरामा केन्द्रिय विस्तारित बैठक एवम भेला सम्पन्न भएको छ।

भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा बेदबहादुर गुरुङ श्याम र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ।

सम्मेलन आयोजक समितिमा रुन्देहीबाट ओमप्रकाश गुरुङ,भीम गुरुङ र प्रेम गुरुङ परका छन् ।

बिस्तारित बैठक तथा भेलाको उद्घाटन गर्दै नेकपा एमाले स्थायी समिती सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय समिती अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एेतिहासिकता, संघको गतिबिधी र आगामी कार्यदिशा प्रष्ट पारेका थिए । संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले तमु समुदायभित्र एमालेको असल बिचार प्रवेश र अब्बल कार्यकर्ता निर्माण गर्नु, समुदायको अधिकार एतिहासिक भौतिकवादी द्वन्द्वात्मक प्रगतिशील ढंगले खोजी गर्न तमु संघको गठन गरेको बताए । समुदायको अस्तित्व र पहिचान स्थापित गर्न र नागरिक स्वतन्त्रता एवम अधिकारका लागि संघको अभियान भएको उनको भनाइ थियो।
कार्यक्रममा महासंघका सहइन्चार्ज पासाङ शेर्पा, महासचिव पेम्बा भोटे,लोकतान्त्रिक तमु संघका केन्द्रिय उपाध्यक्ष मिनाकुमारी गुरुङ, महासचिव बेदबहादुर गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्