लायन्स तिलोत्तमा बुद्धज्योतिमा पद हस्तान्तरण


appharu

१९ श्रावण २०७९, बिहीबार ०८:१८ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लव अफ तिलोत्तमा बुद्धज्योतिमा वर्ष २०२२–२३ को नयां नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ ।

गत जेठमा भएको क्लवको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

बुधबार मणिग्राममा एक कार्यक्रमबीच वर्ष २०२१–२२ का अध्यक्ष विष्णु थापा नेतृत्वको कार्यसमितिले वर्ष २०२२–२३ का अध्यक्ष गंगाराज सापकोटा नेतृत्वको कार्यसमितिलाई क्लबको माइन्युट बुक लगायत प्रदान गरेर पद हस्तान्तरण गरेको हो ।

सो अवसरमा क्लबका चार्टर्ड प्रसिडेन्ट भक्तबहादुर खड्काले लायन्स इन्टरनेसनलका विधि पद्दतिलाई पालना गर्दै रचनात्मक सामाजिक कामहरु र सदस्य बृद्धि मार्फत क्लबलाई थप उचाईमा पुराउन सुझाव दिए ।

नव निर्वाचित अध्यक्ष गंगाराज सापकोटाले टिमवर्कबाट क्लबले नवीन कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाए ।

क्लबका सचिव इन्जिनियर विनोद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा सहसचिव करन रानाले स्वागत र कोषाध्यक्ष शोभाखर सुनारले राष्ट्रिय ध्वजा अभिभावदन गरेका थिए ।

वर्ष २०२२–२३ को नयां नेतृत्वमा प्रथम उपाध्यक्ष देवबहादुर कुंवर, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद पन्थी,तृतीय उपाध्यक्ष उपेन्द्रप्रसाद अधिकारी,सचिव इन्जिनियर विनोद भण्डारी,क्लब एड्मिनिस्ट्रेटर शान्तकुमार कार्की,कोषाध्यक्ष शोभाखर सुनार , सहसचिव करन राना, सहकोषाध्यक्ष हुतराज शर्मा,मेम्बरशीप चेयरपर्सन हिरा गिरी (डायमण्ड) ,एलसीआईएफ कोअर्डिनेटर बसन्त पाण्डे र क्लब सर्भिस चेयरपर्सन मेख कुंवर निर्वाचित भएका थिए ।

यस्तै क्लव मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टीआर शर्मा,टेल टुइस्टरमा दीपा अर्याल,निर्देशक तथा पार्क व्यवस्थापकमा रामप्रसाद पन्थी निर्वाचित भएका थिए । यस्तै सल्लाहकारहरुमा क्लबका संस्थापक अध्यक्ष भक्तबहादुर खड्का तथा पुर्व अध्यक्षहरु ज्ञानेन्द्र पोखरेल,नारायणप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष विष्णु थापा (केशर) चयन भएका छन् ।

क्लबले बुटवलको योगीकुटीमा करिब २० लाख रुपैयां लागतमा हरियालीयुक्त स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्