पुर्व राज्यमन्त्रीसहित माओवादीका ३५ नेता एमालेमा प्रवेश


appharu

३० श्रावण २०७९, सोमबार ०९:५५ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । मधेश प्रदेशका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामसिंह यादवसहित ३५ जना नेता र अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर उनीहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे । माओवादी पार्टी र त्यसको नेतृत्व क्रान्तिकारी विचार र सिद्धान्तबाट च्युत भई नेपाली कांग्रेसको पुच्छर बनेर सत्ता स्वार्थमा डुबेकाले एमाले रोज्नुपरेका नेता यादवले बताए ।

एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेताहरुमा मधेश प्रदेश कमिटी सदस्यहरु शिवकुमार कापर, सकलदेव रजक,, धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय, धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनक अधिकारी, रामएकवाल कुँवर, धनपैत साह, त्यस्तै, वाईसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दनप्रसाद उपाध्याय, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्