घोराहीका माओवादी युवा नेताहरु एमालेमा


appharu

९ भाद्र २०७९, बिहीबार ०८:२९ मा प्रकाशित

पालिकापत्र,घोराही । दाङको घोराहीका ५ जना माओवादी युवा नेताहरु एमाले प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका ७ जबरपुर निवासी तिलकराम चौधरी, भोलाबहादुर चौधरी, भागिराम चौधरी,युबराज चौधरी र राकेश रोका एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका महासचिब शंकर पोखरेलले खादा लगाई स्वागत गर्नुभयो। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र रानाको पहलमा उनीहरु पार्टी प्रबेश गरेका हुन् । कार्यक्रममा सांसद शान्ता चौधरी र घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायत उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा एमाले महासचिव पोखरेलले माओवादीले आफ्नो विचार सिद्धान्त छाडेर सत्ता स्वार्थका लागि कांग्रेसको पुच्छर बनेको र कम्युनिष्ट शक्तिलाई कमजोर पार्न लागेको हुंदा उक्त पार्टी छाडेर एमाले प्रवेश गर्नेको लहर चलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्