मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल, उद्घाटन खेलमा एभरेष्ट बिजयी


appharu

१० भाद्र २०७९, शुक्रबार १८:१७ मा प्रकाशित

पालिकापत्र,बुटवल । मणिमुकुन्द कलेज बुटवलमा शुक्रबारदेखि शिक्षिका भलिवल
प्रतियोगीता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको
अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन
समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गर्नुभयो । प्रतियोगीता
अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति
माबि बुटवललाई २ – ० को सेटले पराजित गर्दै एभरेष्ट बिजयी भएको हो ।
प्रतियोगिताका अन्य खेलहरु शनिबार हुनेछन ।
प्रतियोगिताका विजेता टिमलाई कप, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनुका
साथै प्रथम, द्धितीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रम समेत
रहेको क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बिभिन्न
विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासकालागी प्रतियोगिता
आयोजना गरिएको उहाले बताउनुभयो ।
मणिमुकुन्द कलेज योगिकुटिमा जारि प्रतियोगिताको फाइनल खेल भोली शनिवार ३
बजे हुने आयोजकले जानकारी दिएका छन ।
मणिमुकुन्द विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षता
र क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीको प्रमुख
आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रको सञ्चाल झरना अर्यालले गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्