जसपा छाडेर लुम्बिनीका पूर्व मेयर र सांसद जनमतमा


appharu

१३ भाद्र २०७९, सोमबार १७:४७ मा प्रकाशित

पालिकापत्र,कपिलवस्तु । जनता समाजवादी पार्टीका पुर्व सांसद र पुर्व मेयर सहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिकाका पुर्व मेयर मनमोहन चौधरी, जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवं पुर्व सांसद नरसिंह चौधरी, जसपा नेता राजेन्द्र गुप्तासहित नेता कार्यकर्ताहरु प्रवेश गरेका हुन् । पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवका अनुसार कपिलवस्तुमा आयोजित कार्यक्रममा सयजना बढी पार्टी प्रवेश गरेका छन । उनीहरुलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले पार्टी सदस्यता दिएर स्वागत गरेका हुन् । सो कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. राउतले उपेन्द्र यादवको पार्टी पटक पटक सरकारमा गएपनि मधेशी जनताको पक्षमा कुनै गतिलो काम नगरेको बरु बद्नाम भएकाले जसपा छाडेर जनमत प्रवेश गर्ने लहर चलेको बताए ।केही दिनअघि रुपन्देहीकै सम्मरीमाई गाउंपालिका पुर्व अध्यक्ष बब्लु शुक्ला पनि जनमतमा प्रवेश गरेका थिए । जनमत पार्टी प्रवेशले तराईका जिल्लाहरुम जसपा कमजोर बन्दै गएको सचिव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्