डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाटलाई


appharu

३० आश्विन २०७९, आईतवार १६:०७ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको शुद्धोधनमा आयोजना गरिएको प्रथम भेट्रयान्स कप ईन्डोर मेन्स डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाट ब्याडमिन्टन क्लबले प्राप्त गरेको छ । फर्साटिकर स्पोट्सको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा सेमलार ब्याडमिन्टन क्लबका भरत थापा मगर र राम थापाको टिमलाई हराउँदै बर्दघाटका बेल छन्त्याल र करन विकको टिम बिजयी भएको हो ।
सेमलारलाई २१–११,२१–१५ र २१–६ को सेटमा हराउँदै बर्दघाट बिजयी हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको हो । यस्तै दोश्रो भएको समेलारले नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक फर्साटिकर स्पोट्सका स्याम पल्ली र खुम बहादुर खनाल तथा सैनामैना इन्डोर स्पोर्टसका जितु बोहोरा र विक्रम खत्री तेश्रो बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गरेका छन ।
बिजेता टिमलाई शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल , फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरी , सञ्चालक जगनारायण चौधरी, वडाध्यक्ष केवल प्रसाद अधिकारी, दामोदर पङ्गेनीले पुरस्कार वितरण गरेका थिए । गाउँपालिकाका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आयोेजना गरिएको हो । कार्यक्रममा बोल्दै उनले प्रतियोगिता निरन्तर सञ्चालन गर्नको लागि शुझाँब दिँदै प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।
फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरीले शुद्धोधन गाउँपालिकामा ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको र खेलाडीको संख्यामा पनि बृद्धि हुँदै गएको जानकारी दिए । उनले विभिन्न अवसरमा फर्साटिकर स्पोट्सले प्रतियोगिता सञ्चालन गरिने बताए । प्रतियोगितामा रुपन्देही , कपिबलस्तु र नवलपरासीका गरी २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मेख बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्