नेपाल चीन मैत्री समाजको अध्यक्षमा पुनः सापकोटा


appharu

५ कार्तिक २०७९, शनिबार २०:०१ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । नेपाल चीन मैत्री समाज लुम्बिनीको पांचौ महाधिवेशनले नारायणप्रसाद सापकोटा अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । शनिबार भैरहवामा सम्पन्न महाधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा गोबिन्दप्रसा रेग्मी,उपाध्यक्षमा डा. ऋषिरम शर्मा,महासचिवमा मनिषकुमार जोशी,कोषाध्यक्षमा खिमबहादुर खत्री,सचिव जनकराज पन्त र सहकोषाध्यक्ष नारायणी नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा डा. गितु गिरी,नारायणप्रसाद अग्रवाल, नगेन्द्रगोविन्द श्रेष्ठ,इन्द्रबहादुर थापा,नारायणप्रसाद भण्डारी,अच्युतराज गौतम,विष्णुप्रसाद बस्याल,अनिलकुमार ज्ञवाली,केशव शर्मा बेल्बासे र शंकरप्रसाद पाण्डे चयन भएका निर्वाचन प्रमुख वरिष्ठ अधिवक्ता राममणि भुर्तेलले जानकारी दिए । समाजको २१ औं साधारणसभा तथा महाधिवेशनको उद्घाटनका अवसरमा अध्यक्ष सापकोटाले चीनसंग जनस्तरमा सम्बन्ध विस्तार र लुम्बिनीको पर्यटन प्रवद्र्धन र आर्थिक विकासका लागि समाज स्थापना भएको बताए । उनले चीनका करोडौं बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न सके नेपालको पर्यटन र आर्थिक विकासमा ठूलो योगदान पुग्ने भएकाले तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । समाजका सदस्य डा. गितु गिरीले असंलग्न परराष्ट्र नीति र एक चीन नीतिमा नेपाल चीन मैत्री समाज प्रतिवद्ध रहेर सोही अनुसार आफ्ना गतिविधि गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्