इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन र तिहार सांझ सम्पन्न


appharu

७ कार्तिक २०७९, सोमबार ११:२२ मा प्रकाशित

पालिकापत्र,बुटवल । इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन भएको छ । क्लबको आइतबार सम्पन्न सातौं अधिवेशनले शंकर गैरे अध्यक्ष रहेको ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । क्लबको उपाधयक्षमा अशोक सेन,सचिव रमेश मल्ल,कोषाध्यक्ष झबिन्द्रराज बस्याल तथा कार्यसमिति सदस्यहरुमा शंकर पुन,कपिल ज्ञवाली,मनिक विक,एली क्षेत्री भण्डारी र प्रेम विक चयन भएका निर्वाचन समितिका केशव पुनमगरले जानकारी दिए ।
२०४९ सालमा स्थापना भई २०६६ सालमा विधिवत दर्ता भएको क्लबले विशेषगरी फुटबलमा आफूलाई प्रतिष्ठित क्लबका रुपमा स्थापित गरेको छ । क्लबले मनमोहन स्मृति कप,सयपत्री गोल्डकप,लिस्नु कप लगायतका प्रतियोगिताको उपाधि जितेको सचिव रमेश मल्ले जानकारी दिए । बुटवलको वडा नंं. ४ लाई केन्द्रमा राखेर खेलकुदसंगै सामाजिक काम पनि गर्दै आएको क्लबमा करिब एक हजार जना साधारण सदस्य रहेको सचिव मल्लले बताए ।
नयां नेतृतवले खेलसंगै सामाजिक काममा लागु औषध सेवनविरुद्ध कार्यक्रम गर्ने र युवालाई नृत्य,संगीतमा जोडेर जाने योजना रहेको सचिव मल्लले बताए ।
यसैबीच क्लबले तिहारको अवसरमा तिहार सांझ कार्यत्र,म सम्पन्न गरेको छ । युवा पुस्तालाई सांगितिक मनोरन्जन दिलाउने उद्देश्यले द हटिया मार्केटको सहकार्यमा बुटवल–४ लक्ष्मीनगरस्थित लक्ष्मी मावि प्रांगणमा आइतबार सांझ स्थानीय कलाकारहरुको प्रस्तुतिसहित तिहार सांझ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्