देवदहमा पर्ने राजमार्गका खाल्डाखुल्डीमा पीच


appharu

१८ कार्तिक २०७९, शुक्रबार २१:०२ मा प्रकाशित

पालिकापत्र,देवदह । देवदह नगरपालिका क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्गमा परेका खाल्डाखुल्डीमा पीच गरिएको छ । विस्तारको क्रममा निर्माणाधीन सडकका ठाउंठाउंमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम देखेर देवदहका नगर प्रमुख ध्रुव खरेलको अनुरोधमा चिनिया ठेकेदार कम्नीले नै पीच गरेको हो ।

सडक पीच गर्न आवश्यक गिट्टी भने देवदह नगरपालिकाले आफ्नो श्रोतबाट उपलब्ध गराएको नगर प्रमुख खरेलले बताए । देवदहको पुर्वी सीमा क्षेत्र खैरेनी देखि बुटवल धागो कारखानासम्मको राजमार्गका खाल्डा पीच गर्ने कार्य भएको नगर प्रमुख खरेलले बताए ।

‘खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेकाले दुर्घटना नहोस् र यात्रा सहज होस् भनेर ठेकेदारलाई विशेष आग्रह गरेपछि पीच भएको हो’–नगर प्रमुख खरेलले भने । खाल्डा पुरेर पीच भएपछि यात्रा गर्न सहज भएको भन्दै देवदहबाट दैनिकरुपमा बुटवल आवत जावत गर्ने सञ्चारकर्मी नवीन राना मगरले खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्