बुटवलका मतदाताले भने : हाम्रो भोट विकासप्रेमी भोजप्रसादलाई


appharu

१८ कार्तिक २०७९, शुक्रबार २३:३० मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही– २ (२) का मतदाताले बुटवल क्षेत्रमा आधुनिक विकासको ढोका खोल्ने नेता भोजप्रसाद श्रेष्ठ नै भएको भन्दै उनलाई फेरि पनि जिताउने वचन दिएका छन् । मंसिर ४ गते को चुनावमा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले बुटवलका विभिन्न ठाउंमा घरदैलोमा जांदा मतदाताले बुटवलको मेयर हुंदा श्रेष्ठले गरेका काम आफूहरुले नभुलेको स्मरण गर्दै यसपटक पनि भोट दिने वचन दिएका हुन् ।
शुक्रबार बुटवल ३ चिडियाखोला, गोलपार्क, ज्योतिनगर क्षेत्रमा घरदैलोमा पुगेका उम्मेदवार श्रेष्ठलाई स्थानीयले सुकुम्बासी समस्या समाधान आयोगमा हुंदा, बुटवलको मेयर हुँदा र स्वास्थ्य मन्त्री हुँदा सधैं जनताको पक्षमा इमान्दार भएर काम गरेको हुंदा श्रेष्ठलाई मत दिने प्रतिवद्धता जनाए । स्थानीय पदम रिजालले भने–‘बुटवलको विकास निर्माणमा भोजप्रसाद श्रेष्ठको योगदान कसैले भुल्न सक्दैन, उहां स्वच्छ छविको निश्कलंक नेता हो ।’
घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले एमालेले अबको पाँच वर्षमा के गर्ने भन्ने २० वटा कामको नै ग्यारेन्टी नै गरेको भन्दै सुकुम्बासी समस्या समाधान, निशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, सुशासन दिन आफू सधै प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्