लिला गिरीसंग मतदाताले भने : एमाले नेतृत्वको सरकार चाहिन्छ


appharu

१९ कार्तिक २०७९, शनिबार १५:३७ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे ।
शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा भएको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीसंग मतदाताले भौतिक विकास र मानवीय विकासलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे । स्थायी सरकार निर्माणसंगै समृद्ध नेपालका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको मतदाताको भनाइ थियो । उनीहरुले सडक निर्माण, नाली तथा ढलको निकास, स्वास्थ्य र शिक्षामा नयाँ आयाम ल्याउने गरी काम गर्नसमेत उम्मेदवार गिरीलाई मतदाताको आग्रह थियो ।
मतदाताको सुझाव लिदै घरदैलोमा पुग्दा मतदातामा उत्साह देखिन्थ्यो । मतदाताको सुझावपछि नेता गिरीले एमाले सरकारमा रहँदा वा नरहँदा जनताको पक्षमा सधै रहेको बताउँदै एमाले नेतृत्वको सरकार निर्माणपछि देशमा सुशासन, आर्थिक समृद्धिको नयाँ बाटो तय हुने बताए । साथै उनले स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताए । उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समधान एमालेले पहिलो प्राथमिकतामा राखेर गर्ने बताए ।
एमाले नेतृत्वको सरकार भुमि आयोग गठन गरेर लालपूर्जा वितरण गर्नै लाग्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गर्दै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या एमालेले मात्र पूरा गर्ने बताए ।
पुर्वमन्त्रीसमेत रहेका गिरीले तिलोत्तमा वडा नं. ३ मा खेल पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर योजना अघि बढाउने बताए । ‘हामीले तत्काल गर्नसक्ने कामलाई पहिलो प्राथमिकतामा राख्नेछौ । त्यसपछि क्रमस ड्रिम योजनाहरु निर्माण हुनेछन् । त्यसपछि विकासले कायापलट हुनेछ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्