सुकुम्बासी समस्या समाधान एमालेको सरकारले गर्छ : उम्मेदवार घिमिरे


appharu

२२ कार्तिक २०७९, मंगलवार १०:४९ मा प्रकाशित

पालिकापत्र, कञ्चन । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमाबन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)वितरण गर्ने बताएका छन् ।

चुनावी अभियानको क्रममा सैनामैना र कञ्चनका विभिन्न ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गरे ।

यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको कामअन्तिम चरणमा पु¥याएपनि गठबन्धन सरकारले त्यसलाई षड्यन्त्रपूर्वक रोकेको भन्दै उनले निर्वाचनपछि प्राथमिकताका साथसुकुम्बासी समस्या समाधानको काम गरिने स्पष्ट पारे ।

कतिपयको जमिन नैं नभएको र कतिपयले जग्गा उपभोग गरेपनि त्यसको स्वामित्व नहुँदा धेरै समस्या पाएको चर्चा गर्दै उनले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पारे ।
एमाले सरकारले अघि बढाएको जनताआवास कार्यक्रमलाई क्षेत्र नं. ५ का सबै पालिकाहरुमा विस्तार गरिने बताउँदै उम्मेदवार घिमिरेले भूमिहीन तथा घरबासविहीन सम्पूर्ण घरपरिवारलाई संविधानप्रदत्त आवासीय हक अनुरुप आवास सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले लालपूर्जा वितरणको ७० प्रतिशतभन्दा बढी काम पूरा हुँदै गर्दा एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताए । ‘भूमिहीन सुकुम्बासीहरूलाई जग्गा मालिक हुनबाट रोकियो । चुनाव पछि हाम्रो सरकार बन्छ र समस्या समाधान गर्छाैं’– उनले भने ।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानी, सिँचाई लगायतका विकासका काम देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उनको भनाइछ । गठबन्धनको सरकारले जनतालाई ढाँट्ने कामबाहेक अरू केही नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्