छविलाल र दधिराम घरदैलोमा : देवदहमा वौद्ध विश्व विद्यालय,तिलोत्तमामा मेडिकल कलेज


appharu

२२ कार्तिक २०७९, मंगलवार १८:१३ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले देवदहमा नेकपा एमालेको पहलमा लुम्विनी बौद्ध विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् ।

बौद्ध विश्व विद्यालयको भवन निर्माणका लागि एमाले सरकारको पालामा सय बिघा जग्गा व्यवस्थापन भइसकेको र अब भवनहरु बनाई पढाई सञ्चालनका लागि एमालेले पहिलो प्राथमिकतामा राखेको उनले बताए । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले देवदहमा बौद्ध विश्वविद्यालय सञ्चालनमा आउंदा सयौं जनालाई रोजगारी सिर्जना हुने र यसले शिक्षाको क्षेत्रमा रुपन्दही क्षेत्र नं १ अब्बल हुने बताए । उम्मेदवार विश्वकर्माले सुकुम्वासी र अव्यवस्थित बसोवासी समस्या समाधान गर्न एमाले सरकारले कानुन निर्माण गरी काम गरिरहेको अवस्थामा सरकार ढालिएपछि लालपुर्जा दिन नसकिएको भन्दै अब एमालेको पहिलो काम लालपुर्जा दिने हुने बताए ।
देवदह नगरपालिका वडा नंं ३,८ र ९ मा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचना प्रचार प्रसार कार्यालय उदघाटन तथा घरदैलो कार्यक्रममा बोल्दै विश्वकर्माले क्षेत्र नम्वर १ मा विकासको रेखांकन भइसकेको र यसलाई पूर्णता दिन एमाले ,राप्रपा जसपाको जित आवश्यक भएको बताए । घरदैलोका क्रममा क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार राप्रपा नेता आशिष चौधरीले जनताको सल्लाह सुझाव लिएर यस क्षेत्रको विकास गर्ने बताए ।
यसैबीच रुपन्देही १ (२) मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नं ८ र १२ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले मंसिर ४ को चुनाव राष्ट्रियता जोगाएर देश समृद्ध बनाउने र विदेशीको इशारामा चल्ने लम्पसारवादी गठबन्धनबीचको लडाई भएकाले एमाले राप्रपा जसपा गठबन्धनको जित अपरिहार्य रहेको बताए । न्यौपानेले तिलोत्तमा १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन क्षेत्रमा एमाले नेतृत्वको सरकारले अघि बढाएको सरकारी मेडिकल कलेजलाई अब फेरि एमालेले नै कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्