जिल्लास्तरीय कालिका रनिङशिल्ड पुस १देखि, राखेप सदस्य सचिव घिसिङले उद्घाटन गर्ने


appharu

२९ मंसिर २०७९, बिहीबार ०८:४७ मा प्रकाशित

पालिकापत्र,बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरेको जिल्लास्तरीय दोस्रो कालिका रनिङ शिल्ड प्रतियोगिताको पुस १ गते उद्घाटन हुने भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम तय भएको विद्यालयका खेलकुद संयोजक हरिष वलीले बताए । पुस ७ गतेसम्म सप्ताहब्यापी हुने वार्षिकोत्सवका अवसरमा पुस १ देखि रनिङ शिल्ड शुरु हुने भएको हो ।

प्रतियोगितामा ४५ विद्यालयका करिब १५ सय खेलाडी सहभागी हुने र २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने विद्यालयका खेल संयोजक हरिष वलीले बताए । प्रतियोगिताको प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक गुणस्तरसंगै विद्यालयले खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर २०७८ देखि कालिका रनिङ शिल्डलाई जिल्लास्तरीय बनाएको बताए । विगतमा विद्यालयले नगरस्तरीय प्रतियोगिता गर्दै आएको थियो । वार्षिकोत्सवको मुल समारोह पुस ७ गते पुर्व अर्थमन्त्री एवं रुपन्देही २ का सांसद विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्