दोस्रो कालिका जिल्लास्तरिय रनिङ शिल्डमा तिलोत्तमाको कुंवरवर्ती च्याम्पियन


appharu

५ पुष २०७९, मंगलवार १८:३८ मा प्रकाशित

पालिकापत्र,बुटवल । कालिका मानव ज्ञान मावि बुटवलले आयोजना गरेको दोस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीका तिलोत्तमा नगरपालिका– ८ दीपनगरस्थित कुंवरवर्ती बोर्डिङ हाई स्कुल १० स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेबाट भएको प्रतियोगिताको मंगलबारको खेलमा कुंवरवर्तीले १० स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न छात्र भलिबलको फाइनल जितेसंगै कुवरवर्ति च्याम्पियन बनेको हो । जिल्लाका निजि तथा सामुदायिक गरी ५० वटा विद्यालयहरुले भाग लिएको प्रतियोगितामा आयोजक कालिका मानव ज्ञान मावि ९ स्वर्ण, ५ रजत र १ कास्य सहित उपविजेता भएको छ भने २ स्वर्ण र २ रजत पदक जित्दै एभरेष्ट तेस्रो भएको विद्यालयका खेलकुद प्रशिक्षक हरिष वलीले जानकारी दिए ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो टिमले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछन् । वार्षिकोत्सवको मुल समारोह पुस ७ गते पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही २ का सांसद विष्णु पौडेलको प्रमुख आतिथयतामा हुने प्राचार्य दिनेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्