सुनवल युनाइटेडमा ईसीए मिट जारी


appharu

१२ फाल्गुन २०७९, शुक्रबार १०:१४ मा प्रकाशित

पालिकापत्र, सुनवल । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा तेस्रो ईसीए मिट (अतिरिक्त क्रियाकलाप सप्ताह) जारी रहेको छ । ईसीए मिटमा कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्म को दुई तहको अन्तर सदनात्मक नेपाली वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षकहरु अञ्जना नाउ र राधा के.सीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरु इन्दिरा सारु र सफल ढकालले संचालन गरेको प्रतियोगितामा विद्यालयको कक्षा ३ देखि ९ सम्मका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ३ देखि ५ सम्मको वक्तृत्वकलामा कक्षा– ५ की स्वस्तिका जि.सीले प्रथम स्थान, कक्षा – ४ की प्रियंशा कण्डेल द्वितीय स्थान, कक्षा – ५ की अंकिता बि.कले तृतीय स्थान र कक्षा – ३ का रिजन पौडेलले सान्त्वना स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ देखी ९ सम्मको वक्तृत्वकला प्रतियोगितामा मिसन पंगेनी र कृपा घिमिरे प्रथम, बिनिता बर्मा द्वितीय, आयुष्मा खरेल तृतीय र सफल ढकाल सान्त्वना भएका छन् ।
प्रतियोगितामा विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाई, अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङ्गले आफ्ना भनाई राख्दै विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्