रुपन्देहीको सैनामैनामा पुरुषको शव फेला, ३ जना पक्राउ


पालिका पत्र

२४ फाल्गुन २०७९, बुधबार १४:२६ मा प्रकाशित

बुटवल । रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । बुधवार सैनामैना नगरपालिका–२ मा रहेको बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव फेला परेको हो ।

प्लटिङमा एक पुरुषको शव फेला परे पनिि उनको विस्तृत विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

ती पुरुषको हत्या भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको थप अनुसन्धानका लागि अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्