खाना पकाउन दाउराकै भर !


पालिका पत्र

१२ चैत्र २०७९, आईतवार १२:३० मा प्रकाशित

अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ-दाउराको प्रयोगको दर धेरै रहेको पाइएको छ । यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् ।

एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् । बिजुली ८६५ जना, गुइठा-गोरहा १० हजार ६२ जना, बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् ।

जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्