कपिलबस्तुको साक्षरता दर ७२ प्रतिशत

भुपाल थापा


पालिका पत्र

१२ चैत्र २०७९, आईतवार १२:३५ मा प्रकाशित

कपिलबस्तुको साक्षरता दर करिब ७२ प्रतिशत रहेको छ । जनगणना २०७८ अनुसार ७१ दशमलव ८२ प्रतिशत रहेको छ । जस्मा पुरुष साक्षरता दर ७९ दशमलव ६३ प्रतिशत र महिलाको साक्षरता दर ६४ दशमलव ३७ प्रतिशत रहेको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये बाणगंगा नगरपालिकाको साक्षरता दर धेरै छ । जहाँ ८१ दशमलव ४४ प्रतिशत साक्षरतादर रहँदा सबैभन्दा कम बिजयनगर गाँउपालिकाको ६४ दशमलव २५ प्रतिशत छ ।

बुद्धभूमि नगरपालिकाको ७१.४८ प्रतिशत, कपिलबस्तु नगरपालिकाको ७३.०७ प्रतिशत, कृष्णनगर नगरपालिकाको ६७.०१ प्रतिशत, महाराजगञ्ज नगरपालिकाको ६७.६६ प्रतिशत साक्षरता दर रहेको छ ।

यसैगरि, मायादेवी गाउँपालिकाको ७२.५५ प्रतिशत, शिवराज नगरपालिकाको ७२.६६ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ६७.२६ प्रतिशत र यसोधरा गाउँपालिकाको ६९.३६ प्रतिशत साक्षरतादर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्