कपिलवस्तु नगरपालिकावासीलाई सुविधा : रुपन्देहीका सबै अस्पतालले निःशुल्क रगत उपलब्ध गराउने

सम्झौतामा के छ ? हेर्नुहोस्


पालिका पत्र

१५ बैशाख २०८०, शुक्रबार ११:३७ मा प्रकाशित

तौलिहवा । कपिलवस्तु नगरपालिकावासीले अबदेखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन् । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ।

अब देखि रुपन्देहीको सरकारी अस्पताल बाहेकका अन्य अस्पतालमा उपचारत कपिलवस्तु नगरपालिवासी बिरामीले समेत निःशुल्क रगत पाउने भएका हुन् । रक्तसंचार केन्द्र बुटवल र भैरहवाले रगत उपलब्ध गराउने छ ।

कपिलवस्तु नगरपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा बिच बिहीबार सो बिषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र रेडक्रस रुपन्देही शाखाका सभापति दिपक क्षेत्री नेउपाने बिच लिखित सम्झौता भएको हो ।

११ बुदे सम्झौता भने आउने असार देखि लागु हुनेछ । प्रति प्वाईन्टको लाग्ने ९ सय ५० रुपैया शुल्क भने नगरपालिकाले रेडक्रस रुपन्देहीलाई बुझाउने छ । बिरामीहरुलाई आवश्यक रगत भने रुपन्देहीका रक्तसंचार केन्द्रले उपलब्ध गराउने छ ।

नगरपालिकामा बसोबास गरेको नागरिकता मतदान परिचय पत्र लगायतका परिचय पत्र खुल्ने निस्सा रक्तसंचार केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ । नभए बिरामीका लागि तोकिए बमोजिमको शुल्क तिरेर रगत लैजान सक्ने र पछि निस्सा बुझाए भने सो रकम फिर्ता समेत पाउने गरी सम्झौता भएको छ ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रगत कै कारण बिरामीहरूको उपचारमा समस्या नहोस् भनेर यो सम्झौता गरिएको बताए । उनले नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यान दिई यो कदम चालिएको बताए ।

अब नगरपालिका बिभिन्न वडाहरूमा समेत रक्तदानको कार्यक्रम संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।

सम्झौतामा के छ ? हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्