मायादेवी गाउँपालिकाको नीति : ‘सिसहनियाकोटलाई पर्यटकीय क्षेत्रमा बिकास गरिने’


पालिका पत्र

१० असार २०८०, आईतवार २०:२१ मा प्रकाशित

कपिलवस्तु, असार १० । कपिलवस्तुको मायादेवी गाउँपालिकाले आव २०८०/८१ का लागि आफ्नो बार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभा मार्फत पारित नीति तथा कार्यक्रममा सिसहनियाकोटलाई पर्यटकीय क्षेत्रमा बिकास गरिने कुरालाई प्राथमिकता दिइएको छ ।

गाउँपालिका भित्र रहेको सिसहनियाकोटको संरक्षण तथा प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रमा बिकास गरिने तथा भाषा कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनको लागि बिशेष कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । पालिका भित्र रहेका धार्मिक स्थलहरुको पर्यटकीय बिकासको लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए ।

यस्तै गाउँपालिकाले आर्थिक बिकास तर्फ कृषि÷पशु, उद्योग तथा बाणिज्य, पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन, सहकारी, बित्तिय क्षेत्रमा बिभिन्न नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । सामाजिक बिकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैगिंक समानता सामाजिक न्याय तथा समावेशीकरण, खेलकुद बिकास, बालबालिका, महिला, अपांग(फरक क्षमता भएका), मधेशी, मुस्लिम, लोपोन्मुख, आदिवासी तथा पिछडिएका बर्ग, जेष्ठ नागरिक र युवा लक्षित कार्यक्रमहरु समेत तय गरिएको अध्यक्ष मुसलमानले बताए।

यसैबीच, पूर्वाधार बिकास, वातावरण तथा विपत ब्यवस्थापन, फोहोरमैला ब्यबस्थापन, संस्थागत बिकास तथा सेवा प्रवाहलाई बिशेष जोड दिइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समिती र विविध गरि बिभिन्न नीति तथा कार्यक्रम गाउँसभा मार्फत पारित भएका छन् । यद्यपि, गाउँपालिकाले आगामी आवका लागि भने तोकिएको समयसिमा असार १० भित्रै प्रस्तुत गर्न भने असमर्थ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्