बाणगंगा नगर क्षेत्रमा चालु आवमा भयो १० किलोमिटर सडक कालोपत्रे


पालिका पत्र

२८ असार २०८०, बिहीबार २०:२७ मा प्रकाशित

हरि घिमिरे, असार २८ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले एक आर्थिक बर्षमा विभिन्न भौतिक निमार्णका काम गरेको छ । नगरपालिकाले स्थानिय तहको निर्वाचन २०७९ पछि अलि चाँसोका साथ भौतिक निमार्णका कामलाई तिव्रता दिएको हो ।

नगरपालिकाले आ.ब २०७९/८० मा १०.१ किलोमिटर बाटो पिच गरेको तथ्याङ्क निकालेको छ । नगरपालिकाले बाणगंगा नगरपालिकाका ११ वटा वडामा भएको भौतिक निमार्णको एकमुष्ठ विवरण निकालेको हो ।

यस्तै नगरपालिकाले ३४ किलोमिटर २ सय ९ मिटर बाटो ग्राभेल, १४ किलोमिटर ९ सय १३ मिटर ग्राभेल बाटो र्ममत भएको उल्लेख छ । यस्तै ५ किलोमिटर ७६ मिटर नालि निमार्ण, ६ किलोमिटर ८ सय ७० मिटर कुलो, २ किलोमिटर २९ मिटर नहर निमार्ण गरेको नगरपालिकाका ईन्जीनियर सुरज घिमिरेले जानकारी दिए ।

घिमिरेले दिएको जानकारी अनुसार नगरका विभिन्न स्थानमा गरि ६ किलोमिटर १ सय ६५ मिटर विद्युतका पोल तथा तार विस्तार गरिएको जनाए । यस्तै नगरपालिकाका सवै स्थानमा गरि ३२ वटा कल्र्भट, १४ वटा विद्यालय भवन, २ वटा मदरसा, १६ वटा मन्दीर, ५ वटा प्रतिक्षालय निमार्ण भएका छन् ।

नगरपालिकाले ५ वटा समुदायिक भवन, ५ वटा कर्भडहल, ३ वटा पार्क निमार्ण गरेको छ । त्यस्तै ८ सय ५९ मिटर बाटो ढलान, १ किलोमिटर ५५ मिटरमा लकिङ्ग ब्लक, ४३ वटा खानेपानिका ह्यान्डपम्प निमार्ण भएको जनाएको छ ।

यस्तै नदि नियन्त्रणका लागि नगरपालिकाले २ सय ३८ मिटर बाँध निमार्ण गरेको हो । नगरपालिकाले आर्थिक २०७९/८० मा भन्दा २०८०/८१ मा भौतिक निमार्ण कार्यलाई अझै तिव्रता दिईने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्