बोटमै केरा कुहिन थालेपछि किसानहरू चिन्तित, कृषि ज्ञान केन्द्र अनविज्ञ !


पालिका पत्र

३० भाद्र २०८०, शनिबार १६:२४ मा प्रकाशित

{“caption”:”u092au0936u094du091au093fu092e u0928u0935u0932u092au0930u093eu0938u0940u0915u094b u092au094du0930u0924u093eu092au092au0941u0930 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu2013u096c u0915u093e u092eu094bu0924u0940u0932u093eu0932 u0915u094bu0939u093fu0930u0940u0915u094b u092cu0917u093eu0928 u0930 u0915u0941u0939u093fu090fu0915u094b u0915u0947u0930u093e u0964 u0924u0938u094du092cu093fu0930 : u0928u0935u0940u0928/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

भाद्र ३० । पश्चिम नवलपरासीका किसानहरूले लगाएका केरा बोटमै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन् । केरा खेतीमा रोगको प्रकोप फैलिएपछि समाधानका उपायका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रमा किसानले सहयोग माग्न थालेका छन् ।

जिल्लाको केरा पकेट क्षेत्र मानिएको प्रतापपुर र सुस्ता गाउँपालिकामा “ब्ल्याक सिगाटोका” नामक रोग फैलिएपछि बगानमा नै केरा कुहिने र आफैं झर्ने समस्या किसानले झेल्नु परेको छ ।

बिक्रीका लागि तयारी अवस्थामा रहेको केरा बोटमा नै कुहिने र झर्ने समस्या रहेको किसानहरूको गुनासो छ । समयमै रोग पहिचान र समाधान नहुँदा जिल्लामा २ सय विगाहाभन्दा बढी क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति पुगेको हो ।

हाल किसान आफैंले रोग नियन्त्रणका लागि जमिन सफा गर्ने र विषादी छर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी समीर सिहं बराईले भने केराको रोगको विषयमा कार्यालयमा जानकारी नआएको र समस्याबारे बुझ्ने प्रतिक्रिया दिए ।

भारतबाट सस्तोमा केरा आयात हुँदा नेपाली केरा नबिकेर चिन्तित भएका किसानहरू रोगले धमाधम बोट सहित केरा नष्ट हुन थालेपछि आफूहरू थप मर्कामा परेको केरा उत्पादक किसान सङ्घका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।

किसानले व्यावसायिक रुपमा लगाएको खेती नष्ट भएकाले राहत उपलब्ध गराउन माग गरेको पनि अध्यक्ष यादव बताउँछन् । चिनी उद्योगले समयमै भुक्तानी नदिएर केरा खेतीतर्फ लागेका किसानहरू केरामा पनि रोग लागेपछि थप समस्यामा परेको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्