हिलबर्टलाई आइ.एस.ओ सर्टिफाइट हुने मौका, जिल्लामै पहिलो 


पालिका पत्र

४ आश्विन २०८०, बिहीबार १९:४८ मा प्रकाशित


रविना कडेल, असोज ०४ । 
कपिलवस्तुको हिलबर्ट इङ्लिस बोर्डिङ स्कुलले आइ.एस.ओ सर्टिफाइट हुने मौका पाएको छ । विद्यालयले सर्टिफाइटका लागि पहिलो चरण पार गरेर विभिन्न सूचकका कार्यहरू अगाडि बढाएको छ । विहीवार विद्यालयमा ३ दिने रोबोटिक्स तालिम तथा आइ.एस.ओ सर्टिफाइड लोगो हस्तान्तरण गर्दै जानकारी गराइएको हो । 


कार्यक्रममा आइ.एस.ओ सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्मा ले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलबर्ट ले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताए । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारण राखे ।


विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइड लोगो प्रप्त गरेको छ । अव आइ.एस.ओ सर्टिफाइड हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरु का क्रियाकलापलाई अगाडि बढाएको छ ।  विद्यालयका प्रबन्धक निर्देशक बुद्धि पौडेलले आइ.एस.ओ सर्टिफाइड लोगो प्रप्त गर्ने कपिलवस्तुको पहिलो विद्यालय भएको बताए । 

प्रतिक्रिया दिनुहोस्