छैठौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता तौलिहवामा जारी, कनकमूनिको अग्रता कायमै


पालिका पत्र

२० मंसिर २०८०, बुधबार २०:३५ मा प्रकाशित

मंसिर २० गते । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ८०० मिटर छात्र दौड तर्फ वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुल प्रथम, कनक मूनि माध्यमिक बिद्यालय जगदीशपुर द्धितीय र कपिलवस्तु माध्यमिक बिद्यालय तौलिहवा तृतीय भएका छन् । छात्रा ८०० मिटर दौड तर्फ राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली प्रथम, कनक मूनि माध्यमिक बिद्यालय जगदीशपुर द्धितीय र धर्मभक्त माध्यमिक बिद्यालय बभनी तृतिय भए ।

यस्तै, छात्र ४००*१०० मिटर रिले दौडमा कनकमूनि माध्यमिक बिद्यालय प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालय द्धितिय र कपिलवस्तु माध्यमिक बिद्यालय तृतिय भएका छन् । छात्रा ४००*१०० मिटर रिले दौडमा कनकमूनि माध्यमिक बिद्यालय प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

यता, ज्याब्लिङ थ्रो छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालय प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालय द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालय तृतिय भएका छन् । छात्रा ज्याब्लिङ थ्रो तर्फ वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुल प्रथम, कनकमूनि माध्यमिक बिद्यालय द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

सटफुट छात्र तर्पmको खेलमा बुद्धपद्म माध्यमिक बिद्यालय प्रथम, माध्यमिक बिद्यालय कुस्मा द्धितिय र कनकमूनि माध्यमिक बिद्यालय तृतिय भए । छात्रा सटफुट तर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालय प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुल द्धितिय र कनकमूनि माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

त्रिपल जम्प छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालय प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालय द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय भए । त्रिपल जम्प छात्रातर्फ कनकमूनि माध्यमिक बिद्यालय प्रथम, तौलेश्वरनाथ माध्यमिक बिद्यालय द्धितिय र शितलाबक्स माध्यमिक बिद्यालय रेहरा तृतिय भएका छन् ।

लङ्गजम्प छात्रतर्फ कनकमूनि माध्यमिक बिद्यालय प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुल द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालय तृतिय भए । लङ्गजम्प छात्रातर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालय प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालय द्धितीय र तिलौराकोट माध्यमिक बिद्यालय तृतीय हुन सफल भएका प्रतियोगिताका अफिसियल प्राविधिक राजु श्रेष्ठले बताउनुभएको छ ।

प्रतियोगीतामा नगरपालिका भित्रका २१ बिद्यालयले विभिन्न विधामा भाग लिएका छन् । प्रतियोगिता आगामी २२ मंसिर सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्