अपांगता भएका ब्यक्तिहरुका लागि दोहनीमा सरफ बनाउने तालिम


पालिका पत्र

१० पुष २०८०, मंगलवार ०८:४३ मा प्रकाशित

पुष १० गते । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा अपांगता भएका ब्यक्तिहरुको सीप बिकास गर्ने उदेश्य अनुरुप सर्फ बनाउने तालिम सम्पन्न गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग र लुम्बिनी अपांगता बिकास केन्द्र कपिलवस्तुको आयोजनामा उक्त तालिम सम्पन्न गरिएको हो ।

तालिममा अपांगता भएका ब्यक्तिहरु र उनीहरुको परिवारको उल्लेखनीय सहभागीता रहेको थियोे । सीपमूलक तालिममा अपांगत भएका ब्यक्तिहरुको सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालिम गरिएको लुम्बिनी अपांगता बिकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शिवकुमार पाण्डेयले वडाभित्रका सामाजिक क्षेत्रको समग्र बिकासका लागि आपांगता भएका ब्यक्तिहरुको समेत उल्लेख्य सहभागिता र प्रतिनिधित्व रहनुपर्ने बताए । उनले आफ्नो वडाभित्र रहेका अपांगता ब्यक्ति लगायत लक्षित समुदायको बिकास, उत्थानमा उपयुक्त योजना तथा बजेटको ब्यबस्थापन समेत गरेको उल्लेख गरे ।

कार्यक्रममा वडा सदस्यद्धय फुला पासी, तारामती पासी, संस्थाका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण कलामुद्धिन मुसलमानले गरेका थिए ।

संस्थाका अध्यक्ष चौरसियाको अध्यक्षता, उपाध्यक्ष सुचिता श्रीवास्तवको संचालन र सचिव शिवानन्द बर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्