प्रथम गौतमबुद्ध कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जनज्योतीलाई


पालिका पत्र

१७ मंसिर २०८०, आईतवार १९:५२ मा प्रकाशित

मंसिर १७ गते । “राष्ट्रका लागि खेलकुद, स्वास्थयका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने नारा सहित कपिलवस्तुको तौलिहवामा सम्पन्न प्रथम गौतमबुद्ध कप अन्तर बिद्यालय कपिलवस्तु नगरपालिका एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि जनज्योती स्कुलले जितेको छ ।

कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा जिल्ला स्तरीय ब्याडमिन्टन तर्फ जनज्योती स्कुलले एक स्वर्ण र एक रजत पदक प्राप्त गर्दै उत्कृष्ट भएको हो । यस्तै, सिद्धार्थ बिद्यामन्दिर स्कुलले १ स्वर्ण पदक सहित दोस्रो स्थान हासिल गरेको छ ।

यसैगरि भिएस निकेतन एक रजत पदक सहित तेस्रो भएको छ। यस्तै, स्काई लार्क स्कुलले २ कास्य पदक जितेको छ ।

वेष्ट प्वाइन्ट स्कुलले १ कास्य पदक जित्दा श्री मावि ईमिलियाले पनि समान १ कास्य पदक जित्न सफल भएको छ । नर्थ प्वाइन्ट स्कुल, गौतम बुद्ध स्कुल, बुद्धज्योती स्कुलले क्रमशः एक÷एक कास्य पदक जितेको आयोजकले जनाएको छ ।

यता, कपिलवस्तु नगरपालिका स्तरीय प्रतियोगितामा सिद्धार्थ बिद्या मन्दिर स्कुल र कपिलवस्तु शान्ति निकेतन स्कुलले प्रथम स्थान हासिल गरेका छन् । दुबै स्कुलले समान एक स्वर्ण, २ रजत र ४ कास्य पदक जितेका छन् ।

बुद्धपद्म माध्यमिक बिद्यालय र शनसाइन आवासिय माबिले समान एक÷एक स्वर्ण पदक हात पार्दै दोस्रो भएका छन् ।

प्रतियोगितामा एक कास्य पदक सहित बुद्ध ज्योती स्कुल तेस्रो भएको कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्