कृषि ज्ञान केन्द्र कपिलबस्तुले गर्यो स्थानिय तहका कृषि प्राविधिकहरुसँग अन्तरक्रिया


पालिका पत्र

२६ पुष २०८०, बिहीबार १७:०३ मा प्रकाशित

पुष २६ गते । कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले कपिलबस्तु जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

उनले कृषिजन्य बस्तुको बढ्दो आयात कम गर्न कदम चाल्नुका साथै जिल्लाका निर्यातजन्य कृषि उपजको पहिचान गरी सोहि अनुसारका कृषि कार्यक्रमहरु सन्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै गरी उनले संघ, प्रदेश तथा स्थानीय तह अन्र्तगतका विभिन्न कार्यालयहरुबाट प्रबाह हुने कृषि अनुदानका कार्यक्रमहरु दोहोरिने सम्भावना रहने हुँदा तथ्याङ्कका आधारमा अनुदानका कार्यक्रम सन्चालन गर्नुका साथै सन्चालित कार्यक्रमको प्रभावकारिताबारे अनुगमन तथा मुल्याङ्कन गर्नु आवश्यक रहेको बताए ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलको अध्यक्षता र कृषि अर्थबिज्ञ महेन्द्र कुमार ओझाको सन्चालनमा भएको गोष्ठीमा जिल्लाको १० वटै स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको उपस्थिती रहेको थियो । कृषि प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्