ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच संगै न्यानो कपडा


पालिका पत्र

२७ पुष २०८०, शुक्रबार ०९:५२ मा प्रकाशित

पुष २७ गते । शीतलहरसंगै जाडो बढेपछि कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले वडा भित्र रहेका ७३ बर्ष माथीका १ सय ५१ ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसंगै कम्बल बितरण गरेको छ । वडा कार्यालयमा नगरप्रमुख सुदीप पौडेल, वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा सदस्य बिष्णु बारी, वडा सचिव सुभाष गौतम लगायतको टोलीले कम्बल हस्तान्तरण गरेका हुन् ।

कम्मल बाँडनु अघि स्वास्थ्यकर्मीको टोलीले ब्लड प्रेसर लगायतको स्वास्थ्य जाँच समेत गरिएको वडाध्यक्ष खाँले बताए । सो अवसरमा नगरप्रमुख सुदीप पौडेलले आफ्नो नगरपालिकाले ज्येष्ठ नागरिकलाई सदैव सम्मान दिने गरेको बताए । उनले ज्येष्ठ नागरिकको समस्या र सवालमा नगरपालिका संबेदनशीलताका साथ अघि बढेको बताए । उनले जाडोका लागि नगर क्षेत्र भित्रका चोक चौराहामा एक दुई दिन भित्रै दाउरा बितरण गरिने बताए ।

ज्युँदो ईतिहास र आफुहरुको अभिभावकका रुपमा रहेका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको वडाध्यक्ष खाँ बताउँछन् । जाडोमा कम्मल पाएपछि ज्येष्ठ नागरिक हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्