क्यान्सर दिवसमा कपिलवस्तुमा बक्तृत्वकला प्रतियोगिता


पालिका पत्र

२२ माघ २०८०, सोमबार ०९:३७ मा प्रकाशित

माघ २२ गते । विश्व क्यान्सर दिवसको अवसरमा कपिलवस्तुमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाईएको कार्यक्रममा जिल्लाका ६ वटा माध्यमिक बिद्यालयका १० जना छात्र छात्राले सहभागीता जनाएका थिए ।

कपिलवस्तु अर्वुद रोग (क्यान्सर ) निवारण संस्थाले आयोजना गरेको प्रतियोगितामा संस्थाकी सचिव इन्दिरा देवकोटा पौडेलको संयोजकत्व, संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता र कपिलवस्तु वडा नम्बर ३ का वडा अक्ष्यक्ष प्रकाश गैरेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा सनलाईट बोडिङ् स्कूल बगदीका छात्रा सदिक्षा पाण्डेय प्रथम, सोहि विद्यालयका छात्र नवनित पाण्डेय द्वित्तिय र बुद्ध ज्योती माध्यमिक विद्यालयका छात्रा कमला भन्डारी तृतिय भएका छन् । साथै सिद्धार्थ माध्यमिक विद्यालयका छात्रा ज्योती चौधरीले सान्त्वना स्थान हासिल गरिन् ।

प्रतियोगिताका प्रमुख अतिथि वडाध्यक्ष प्रकाश गैरेले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै आफूले सक्दो सहयोग गर्दै संस्थालाई थप उज्जवल भविष्यको कामना समेत गर्नुभयो । समाजमा रुपान्तरणका लागि गर्ने यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने हुँदा थप साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष राजेश ज्ञवालीले संस्थालाई अगाडी बढाई जनचेतना छर्दै अर्वुदरोग न्यूनीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्य समिति सदस्य मोतीराज घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा लायन्स क्लव अफ प्राचिन कपिलवस्तुका उपाध्यक्ष भगवानदास अग्रहरी, सामाजीक विकास परिषदका अध्यक्ष गंगाधर आचार्य, यशोधरा माविका बिद्यालय ब्यवस्थापन समितीका सदस्य रामप्रित दुबे (बलराम दुबे), प्रेमलता भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निर्णायक मण्डलको संयोजकमा किरण कुमार देवकोटा र सदस्यमा गीता खनाल रहनु भएको थियो । कार्यक्रममा शिक्षक राजेशमणि त्रिपाठी, नन्दलाल कुर्मी, एस एन त्रिपाठी, कस्तुरा सिग्देल, अशोक गुप्ता, कमला भन्डारी, मन्जु घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्