मंगलबार प्रगतिनगरमा चर्चित गायिका ज्योती मगर आउँदै


पालिका पत्र

२९ माघ २०८०, सोमबार १९:३५ मा प्रकाशित

माघ २९ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा जारी ‘दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८०’ मा मंगलबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । उनीसँगै भोजपूरी गायक अनिल दिवाना, डान्सर बबिता धिताल लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ ।

गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । उनको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ नै उनको स्टेज प्रस्तुतीले समेत सबैको ध्यान आर्कषित गर्ने गर्दछ ।

गायक दिवाना पनि कपिलवस्तुको दक्षिणी क्षेत्रका युवा पुस्ता माझ निकै लोकप्रिय छन् । उनका गीतहरु समेत मधेसमा निकै चर्चित र मनोरञ्जनात्मक रहेका छन् ।

“कला संस्कृतिको संरक्षण, कृषि उद्योग, व्यापार र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको दोस्रो प्रगतिनगर महोत्सव कृषि तथा पर्यटन महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक संस्था प्रगतिनगर सेवा समाज कपिलवस्तुका अध्यक्ष पुष्पराज अर्यालले जानकारी दिए ।

कार्यक्रममा दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । यही माघ २६ गतेदेखि शुरु भएको महोत्सव फागुन ७ गते सम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्