‘कट्टा हान्न’ चर्चित गायिका एलिना चौहान कपिलवस्तु आउँदै


पालिका पत्र

१ फाल्गुन २०८०, मंगलवार १९:५३ मा प्रकाशित

फागुन १ गते । कपिलवस्तुको प्रगतिनगरमा जारी ‘दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८० ’मा बुधबार ‘कट्टा हान्दिन्छु’ की चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । प्रगतिनगर सेवा समाज कपिलवस्तुकोे आयोजनामा माघ २६ गतेदेखी सुरु भएको महोत्सवमा अहिलेकी चर्चित गायीका चौहानले प्रस्तुति राख्ने छिन् ।

उनका ‘धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘यो भाग्यमा खोट छ’ जस्ता दर्जनौं गितहरु चर्चित छन् । ‘धोकेबाज हौ तिमी.., कट्टा हान्दिन्छ‘’ भन्दै किशोरदेखि युवापुस्ता सम्म रोएको भिडियो अहिले टिकटक लगायत सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देख्न सकिन्छ ।

यस्तै, थारु गायक उत्तम चौधरी, बबिता धिताल डान्स ग्रुप, नृत्यम् डान्स ग्रुप लगाएत स्थानिय कलाकारहरुले महोत्सवलाई रौनकता दिने आयोजक संस्था प्रगतिनगर सेवा समाज कपिलवस्तुका अध्यक्ष पुष्पराज अर्यालले जानकारी दिए ।

“कला संस्कृतिको संरक्षण, कृषि उद्योग, व्यापार र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फागुन ७ गतेसम्म चल्ने महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति ६० रुपैया, विद्यार्थीलाई ४० रुपैया र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्