महत्वपूर्ण निर्णय पास गर्दै यशोधरा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न


१६ फाल्गुन २०८०, बुधबार १९:०९ मा प्रकाशित

फागुन १६ गते । विभिन्न ऐन, कार्यविधि पास गर्दै यशोधरा गाउँपालिका कपिलवस्तुको १३ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गुन्जादेवी मौर्य, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र सभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिका विच सभाले केही ऐन कानुन संशोधन तथा पास गरेको जनाएको छ ।

सभाले बिनियोजन ऐन २०८० को संशोधन, चालु आर्थिक बर्षको माघ मसान्त सम्मको खर्च समिक्षा लगायत बिविध शैद्धान्तिक बिषयहरुमा छलफल एवम् पारित गरेको गाउँपालिका अध्यक्ष तिवारीले जानकारी दिए । ‘गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक छ’ उनले भने,- विगतमा भएका कमी-कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिएका छाै ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार हिउँदे गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ । उनले ऐन कानुनको निर्माणले अब गाउँपालिकालाई काम गर्न सहज भएको र त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए । ‘गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्न हामी प्रतिबद्ध छाै, उनले भने । उनले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह समेत गरे ।

सभामा पालिका वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्