३ दिनभित्र सडक पेटी खाली गर्न वडाको अल्टिमेटम


१६ फाल्गुन २०८०, बुधबार २०:१३ मा प्रकाशित

फागुन १६ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १ ले ३ दिनभित्र सडक पेटीमा रहेको अनावश्यक वस्तुहरु हटाउन अल्टिमेटम दिएको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै तीनदिन भित्र सडकको छेउमा रहेको सामग्री खाली गर्न अनुरोध गरेको हो ।

मायादेवी गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत रहेको पकडी देखि पिपरा जाने सडक, पकड़ीचाेक देखि बरोहिया चाेक सम्म र पकड़ी चाेक देखि पकड़ी–चाकरचौडा जाने बाटोको बिच सड़क देखि दायाँ–बायाँ २२ फुट भित्र बाटोमा अस्थायी वा स्थायी रुपमा टहरा, कटेरा सटर लगायतका अन्य संरचना निर्माण गरी वा ठेला राखी व्यवसाय गरि आएका वा पेटी अतिक्रमण गरी अन्य प्रयोजनका लागि प्रयोग गरि सडकमा आवातजावत गर्न बाधा पुर्याउने सम्पुर्ण सामग्रीहरु ३ दिन भित्र खाली गराउन अल्टिमेटम दिएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सम्पुर्ण सडक व्यवस्थित र दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सडक खाली गराउन लागेको वडा अध्यक्ष मुहम्मद इसहाक मुसलमानले बताए । मुख्य बजार तथा सडकमा यात्रुलाइ नै अावातजावत गर्न असहज हुने तरिकाले कब्जा नै गरेर अटेरिपन देखाउदा दाेस्राेपटक सूचना जारी गरेर अाग्रह गरेकाे उनले जनाए ।

बर्षौ देखि अव्यवस्थित रहेको सडकलाई व्यवस्थित गर्ने योजना प्रमुख दायित्व रहेको गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए । विभिन्न ठाउँमा सडक पेटीमै गोबर राख्ने, घरपालुवा जनावर बाध्ने, निर्माण समाग्री राख्ने, गाडी राख्ने कार्यले आम नागरिकलाई सास्ती हुनुको साथै दुर्घटनाको आँकडा समेत बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्